जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १० जनाको आज मंगलबार अन्त्येष्टि गर्ने तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जना गरी १० मृतकको अन्त्येष्टि गरिने भएको हो ।

अन्त्येष्टि गर्नुअगाडि शव गाडीमा राखेर नगर परिक्रमा गराइने भएको छ । सरकारले राष्ट्रिय सम्मानका साथ मृतकहरूको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको भने यसअघि नै दाहसंस्कार भइसकेको छ ।

नवनियुक्त गृह, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहणका क्रममा जेनजी आन्दोलनका क्रममा निधन भएकाहरूलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका थिए ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णयसमेत गरिसकेको छ । जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भइसकेको छ ।

Skip This
Skip This
Logo