काठमाडौं । जेनजीहरूको आन्दोलनपछि राजधानीमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई अभियान सुरु गरेको छ ।
कम्पनीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसरको सरसफाई गर्नुका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको छ ।
शिवम् सिमेन्टका अनुसार, वर्तमान विषम परिस्थितिमा आवश्यक सहयोग र श्रमदान उपलब्ध गराउँदै कम्पनीले आगामी दिनहरूमा पनि निरन्तर सरसफाई अभियान र श्रमदान कार्यक्रम सञ्चालन गर्नेछ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र शहरलाई व्यवस्थित र सफा बनाउन योगदान गर्ने प्रतिबद्धता शिवम् सिमेन्टले गरेको छ । कम्पनीले भनेको छ, ‘वर्तमान परिस्थितिमा समुदाय र शहरको पुनर्निर्माणका लागि सहयोग र श्रमदान गर्नु हाम्रो कर्तव्य हो । हामी आफ्नो सामाजिक जिम्मेवारीअनुसार काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहनेछौं ।’































प्रतिक्रिया