काठमाडौं । आज विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा बिहानैदेखि सवारी साधन पूजा गर्नेको भीड लागेकाे छ । भगवान् विश्वकर्माको पूजा गर्न काठमाडौंको भद्रकालीलगायतका स्थानहरुमा आज भक्तजनहरुको घुइँचाे लाग्ने गर्छ ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर पूजा गरी यो दिवस मनाइन्छ ।




































प्रतिक्रिया