कोटेश्वरको भाटभटेनीमा भेटिएको शवको पहिचान खुल्यो

कोटेश्वरको भाटभटेनीमा भेटिएको शवको पहिचान खुल्यो

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित भाटभटेनीको चौथो तलामा बुधबार बिहान भेटिएको शवको पहिचान खुलेको छ ।

उक्त शव रामेछाप खाडादेवी गाउँपालिका–६ घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइलीको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “आज बिहान अन्दाजी ९ः३० बजेको समयमा कोटेश्वर भाटभटेनीको चौथो तलामा शव जली अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो । आवश्यक प्रक्रियापश्चात उक्त शव रामेछाप खाँडादेवी गाउँपालिका–६ का २२ वर्षीय विकास रसाइलीको रहेको पुष्टि भएको हो ।”

उक्त शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ) मा पठाइएको प्रवक्ता बोहराले बताए ।

Skip This
Skip This
Logo