रुपन्देही । बुटवल उपमहानगरपालिका-७ आम्दा लाईनबाट विष्फोटक पदार्थ १ थान सेफ्टीफ्युज र १ थान जिलेटिन सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जाजरकोट कुसे गाउँपालिका-२ टालेगाउँ घर भएका ४१ वर्षीय पूर्ण बहादुर सिंह र पाल्ला निस्दी गाउँपालिका-१ बस्ने ४१ वर्षीय मिन बहादुर आलेलाई प्रहरीले पक्रेका हुन् । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरु उपर विष्फोट पदार्थ सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।





























प्रतिक्रिया