शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कसैसँग सम्झौता हुँदैनः प्रहरी उपरीक्षक कटवाल

शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कसैसँग सम्झौता हुँदैनः प्रहरी उपरीक्षक कटवाल

केन्द्रबिन्दु
15
Shares

विराटनगर । मोरङका प्रहरी उपरीक्षक कवित कटवालले शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कोहीकसैसँग सम्झौता नगरिने स्पष्ट गरेका छन् ।

मोरङ जिल्लामा सरुवा भएपछि आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा प्रहरी उपरीक्षक कटवाल जिल्लामा अमनचयन कायम गरी आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

समाजमा हुन सक्ने चारी, डकैती, तस्करीलगायत आपराधिक क्रियाकलाप पूर्णरुपमा नियन्त्रण गर्ने, कुनै किसिमको गैह्रकानुनी कामकारवाही हुन नदिने र कानुन हातमा लिई व्यक्ति तथा समाजलाई आतङ्कित बनाउन प्रयास गर्नेहरूलाई कानुनको कठघरामा उभ्याउने काममा समर्पित नेपाल प्रहरीलाई सहयोग गर्न जिल्लाबासीसँग अनुरोध गरे ।

प्रहरी उपरीक्षक कटवालले विगतका घटनाक्रमबाट पाठ सिकेर प्रहरी सङ्गठन अघि बढ्ने विश्वास दिलाउँदै देश र जनताको पक्षमा अहोरात्र खटिने सुरक्षा संयन्त्रलाई सञ्चारकर्मीसहित समाजका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

Skip This
Skip This
Logo