मिथिलामा आजदेखि सुरु भयो प्रतिमा पूजन

मिथिलामा आजदेखि सुरु भयो प्रतिमा पूजन

केन्द्रबिन्दु
12
Shares

जलेश्वर (महोत्तरी) । बडा दसैँको सप्तमीका दिन माता दुर्गा भवानीको प्रतिमा अनावरण गरिएपछि महोत्तरीसहित सम्पूर्ण मिथिलामा आजदेखि दुर्गा भवानीको प्रतिमा पूजन सुरु भएको छ ।

महोत्तरीलगायत तराई मधेसको प्रत्येक जिल्ला तथा गाउँठाउँमा दुर्गा प्रतिमा बनाइएको मन्दिरहरुमा अहिले माता दुर्गा भवानीको प्रतिमा पूजनका लागि श्रद्धालु भक्तजनको घुँइचो लागेको छ ।

आ–आफ्ना गच्छेअनुसार शृङ्गारका सबै वस्तु, लत्ताकपडा, आभूषण, फलफूल, मिठाई, नरिवल, पान, सुपारीलगायत वस्तुहरुका साथ महिला, पुरुषहरु अहिले दुर्गा मन्दिरहरु लामबद्ध भएर माता भवानीका पूजाअर्चना गरिन्छ ।

बडादसैँको बेला माता दुर्गा भवानीको प्रतिमाको पूजाअर्चना गरेमा घरपरिवारमा खुसियाली रहने, सुख, शान्ति, समृद्धि प्राप्त हुने विश्वास रहेको जलेश्वर–२ का भक्तजन सुदिश साहले बताए।

उनका अनुसार बडादसैँमा मिथिला क्षेत्रमा माता दुर्गा भवानीको प्रतिमाको पूजाअर्चनाको विशेष महत्व रहेका कारण यस मिथिला क्षेत्रका प्रत्येक घरका महिला, पुरुषसहित अन्य सदस्यहरु पनि अनिवार्य रुपमा दुर्गा भवानीको पूजाअर्चना गर्ने गर्दछन् ।

मिथिला क्षेत्रमा दुर्गा भवानीको प्रतिमा पूजाअर्चना गर्नाले दुःखीले दुःखबाट मुक्ति पाउने, निःसन्तानले सन्तान पाउने, अभागीले भाग्य पाउने, गरिब धनवान् हुने जस्ता मान्यता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताए।

Skip This
Skip This
Logo