भक्तपुर । यहाँको तलेजु मन्दिरमा जीवित देवीका रूपमा पुजित एकान्त कुमारीबाट स्थानीयले टीका लगाएका छन्। साथै तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरुपुरोहितले पनि टीका लगाएका छन् ।
तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार आफूहरूले जीवित देवीबाट टीका लगाएपछि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । अहिले स्थानीय बालकदेखि वृद्धसम्मले टीका लगाइरहेका छन् ।
यसैबीच, फूलपातीका दिन दसैंँघरमा ल्याइएका तलेजु भवानीसहितका देवीदेवताका प्रतिमालाई पुजारीहरूले देवगृहमा स्थापित गरेका छन् ।































प्रतिक्रिया