काठमाडौं । नयाँ कुमारी आर्यतारा शाक्यले सर्वसाधारणलाई आज दसैँको टीका लगाइदिएकी छन्। हनुमानढोकास्थित कुमारीघरमा कुमारी आर्यताराले आज बिहान ११ बजेपछि सर्वसाधारणलाई दशैंको टीका लगाइदिएकी हुन्।
जीवित देवीको रुपमा पुजिने कुमारीलाई भवानीको प्रतीकका रूपमा सम्मान गरिन्छ। महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको थियो। जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराउने प्रचलन छ।
नेपालको काठमाडौं उपत्यकामा सिमित यो अनौठो परम्परा १३औं शताब्दीमा जयस्थिति मल्लका पालामा सुरु भएको मानिन्छ । किंवदन्तीअनुसार, राजा जयस्थिति मल्ललाई सपनामा तलेजु भवानीबाट देवीले आफ्नो शक्तिको संरक्षणका लागि एउटी नाबालक शाक्य वा बज्राचार्य बालिकालाई अवतार बनाउने बताएकी थिइन् । सोही अनुरुप कुमारी चयनका लागि बालिका न्यूनतम तीन वर्षकी हुनुपर्ने, शाक्य वा बज्राचार्य जातिको, ३२ लक्षण अर्थात घाँटीमा घण्टा आकारको निशान, बत्ती बाल्दा आकाशमा इन्द्रेणी देखिने र पूर्ण स्वास्थ्यवान हुनपर्ने नियम रहेको छ । एकपटक कुनै एक बालिका कुमारी चयन भएपछि उनको जीवन कडा नियमले बाँधिन्छ ।
उनी कुमारीघरमा मात्र बस्छिन्, सामान्य बाल्यकाल बिताउदिनन् । उनलाई छुन पनि नमिल्ने विश्वास रहेको छ ।
तस्विरमा हेर्नुहोस्…





































प्रतिक्रिया