गाजामा बन्धक बनेका विपीन जोशीको भिडियो आज सार्वजनिक हुने

गाजामा बन्धक बनेका विपीन जोशीको भिडियो आज सार्वजनिक हुने

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । गाजामा बन्धक बनेका नेपाली विद्यार्थी विपीन जोशीको भिडियो आज सार्वजनिक हुने भएको छ ।

इजरायली समाचार संस्थाका अनुसार, गाजाबाट फेला परेको एक भिडियो फुटेजमा बिपिन जीवित देखिएका छन्। उक्त भिडियो सन् २०२३ नोभेम्बरतिर खिचिएको मानिएको हो। भिडिओ बुधबार साँझ सार्वजनिक गरिने समाचारमा जनाइएको छ ।

भिडियोमा बिपिन थकित अवस्थामै भए पनि बोल्ने प्रयास गरिरहेको देखिन्छ। यसले दुई वर्षदेखि बेपत्ता रहेका बिपिनबारे नयाँ आशा जगाएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित अन्य नेपाली विद्यार्थी २०८० असोज २० गते इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमासको आक्रमणमा परेका थिए । आक्रमणमा १० नेपालीसहित १ हजार २०० जनाको ज्यान गएको थियो भने एक सय २९ जना नागरिकलाई विदेशी नागरिकलाई बन्धक बनाएर राखेको थियो । बन्धक हुनेमा विपिन पनि थिए । त्यति बेलादेखि उनको अवस्था अज्ञात छ ।

Logo