आज कोशी र बागमती प्रदेशका यी सडक ठप्प

आज कोशी र बागमती प्रदेशका यी सडक ठप्प

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ। अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोका कारण देशका प्रमुख राजमार्गहरूमा गम्भीर अवरोध उत्पन्न भएको छ । नेपाल प्रहरीले आज जारी गरेको सडक अवरोध सम्बन्धी अद्यावधिक जानकारी अनुसार कोशी प्रदेश र बागमती प्रदेश का मुख्य राजमार्गका कम्तीमा ६ वटा महत्त्वपूर्ण खण्डहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।

कोशी प्रदेशमा लगातारको वर्षाले गर्दा चार स्थानमा सडक पूर्ण रूपमा बन्द छन् । कोशी राजमार्गको भोटखोला गाउँपालिका-४, बरुणखोला खण्ड र मकालु गाउँपालिका-३, एकुवा लगायतका स्थानहरू पूर्ण रूपमा बन्द छन्।

ईलामकाे मेची राजमार्गअन्तर्गत ईलाम नगरपालिका-९, राजदुवाली लगायतका स्थानमा पनि अविरल वर्षाले सडक बन्द गरेको छ। साथै तमोर करिडोरको तुम्बेवा गाउँपालिका-२, नबाखोला खण्ड पनि बन्द छ।

बागमती प्रदेशका दुई मुख्य सडक खण्ड पहिरोका कारण अवरुद्ध भएका छन् ।
पासाङ ल्हामु सडक खण्डको गोसाईकुण्ड गाउँपालिका-२ स्थित तीन स्थानमा पहिरो गएर सडक अवरुद्ध बनेको छ। साथै बि.पि. राजमार्गको रोशी गाउँपालिका-११, मामीखोला, डोलाबेसी, बुलबुढा लगायतका स्थानमा गएको पहिरोले गर्दा सडक पूर्ण रूपमा बन्द छ।

यातायात ठप्प भएपछि लामो तथा छोटो दूरीका यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको छ । नेपाल प्रहरीले सडक खुलाउनका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको जनाएको छ ।

Skip This
Skip This
Logo