काठमाडाैं । नेपाली सेनाले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ । जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण कुल ७६ जनाको मृत्यु भएको थियो ।
सेनाको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको ज्यान गएको बताएका हुन्। ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र अन्य ४१ जना रहेको नेपाली सेनाले सार्वजनिक गरेका तथ्यांकमा देखिन्छ ।
आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । नेपाल प्रहरीका २३ कर्मचारीको पनि हवाई उद्धार गरिएको र जमिनबाट १२९ जनालाई उद्धार गरिएको सेनाले जनाएको छ ।
नेपाली सेनाले सार्वजनिक गरेको रिर्पोटमा ६८८ सरकारी कार्यलयहरु तोडफोड र आगजनी भएको २५९ निजी निवासहरु, १२८ व्यापारीक प्रतिष्ठानहरु, १९८ वटा राजनीतिक दलका पार्टी अफिसहरु, ३०७ प्रहरी कार्यलयहरुमा क्षति भएको उल्लेख छ ।





























प्रतिक्रिया