काठमाडौं । इजरायल–हमास युद्धका क्रममा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
महाकाली नदीको भुजेला घाटमा जोशीको धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गरिएको हो ।
इजरायल–हमास युद्धका क्रममा जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । उनी अध्ययनको सिलसिलामा इजरायल पुगेका हुन् । इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल ल्याइएको थियो ।































प्रतिक्रिया