नितु पौडेलको परिवारले बाबुल गिरीविरूद्ध दियो प्रहरीमा जाहेरी

नितु पौडेलको परिवारले बाबुल गिरीविरूद्ध दियो प्रहरीमा जाहेरी

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । गायिका नितु पौडेलको परिवारले संगीतकार तथा गायक बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी दिएको छ।

गएको शनिबार अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी पौडेलको उपचार क्रममा आज मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक गिरीविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी दिएको हो ।

नितुको शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । गिरी र पौडेल लामोसमयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा छ ।

Logo