काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आउँदो कार्तिक १३ गतेदेखि १५ गतेसम्म देशका तीन प्रदेशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको भन्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात ‘मोन्था’काे प्रभावका कारण नदीहरूमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी बागमती प्रदेशका काठमाडाैं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेह्रथूम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स-साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हाे ।
उल्लेखित जिल्लाहरू भई बहने साना नदी, खोला तथा खहरे हरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी किनारमा नजान, सुरक्षित स्थानमा बस्न र पूर्वसूचनामा ध्यान दिन हुन अनुरोध गरिएकाे छ।





























प्रतिक्रिया