दोलखा हिमपहिरोः ४ जना घाइतेको उद्धार, काठमाडौं ल्याइँदै

दोलखा हिमपहिरोः ४ जना घाइतेको उद्धार, काठमाडौं ल्याइँदै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरोमा परेर ज्यान गुमाएका र घाइते भएकाहरुको उद्धार गरी आज काठमाडौं ल्याइने भएको छ ।

सोमबार दिउँसो यलुङ रि क्षेत्रमा हिमपहिरो जाँदा हिमाल आरोहणका लागि गएका ७ विदेशी सहित १४ जनाको समूहमध्ये ३ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । घटनाको सूचनापछि उद्धारका लागि दोलखाका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगेको थियो ।

हिजो नै उद्धारका लागि गएको हेलिकप्टर नागाउँमा अवतरण गरेको थियो। तर प्रतिकूल मौसमका कारण हेलिकप्टर घटनास्थलसम्म पुग्न सकेको थिएन ।

आज बिहान भने जना घाइतेको हेलिकप्टरमार्फ़त उद्धार भएको दोलखा प्रहरीले जनाएको छ । चार जना मध्ये २ जना नेपाली र २ जना विदेशी छन । उद्धार भएका बिरामीको नाम खुलेको छैन । उनीहरुलाई काठमाडौं ल्याइँदैछ ।

Skip This
Skip This
Logo