प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी काफ्लेलाई

प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी काफ्लेलाई

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेलाई दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले सङ्गठनद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चार माध्यममा सम्प्रेषण गर्न मंगलबार उनलाई प्रवक्ताको जिम्मेवारी दिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

यसअघि केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे थिए । प्रवक्ता काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन‍् ।

Logo