विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले आमनागरिकलाई सुशासन र शान्ति सुरक्षाको प्रत्याभूतिसहित मानव अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मानव अधिकार संरक्षण सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको सिफारिश कार्यान्वयन सम्बन्धी परामर्श कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले आफ्नो अधिकार खोज्दा अरुको अधिकार हनन हुन नदिने तर्फ सचेत रहन आग्रह गरे।
त्यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मानव अधिकार संरक्षण एवं सम्वर्द्धनमा प्रशासनले कुनै कमजोरी हुन नदिने उल्लेख गरे। सो कार्यक्रममा प्रशासनिक अदालतका पूर्व अध्यक्ष काशीराज दाहालले ‘आयोगको सिफारिश कार्यान्वयनको स्थिति’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यपत्रमा आयोग स्थापना देखि हालसम्म १३ हजार उजुरी परेकामा एक हजार ६८८ फछ्र्यौट भएको र आयोगले सरकारलाई गरेको सिफारिशमा १३ प्रतिशत पूर्ण कार्यान्वय, ३४ प्रतिशत आंशिक र ५१ प्रतिशत कार्यान्वयन नभएको उल्लेख छ।





























प्रतिक्रिया