गोलबजारको एक विद्यालयमा अध्यक्षको मनोमानी, विना अनुमति निजी कार्यक्रम

गोलबजारको एक विद्यालयमा अध्यक्षको मनोमानी, विना अनुमति निजी कार्यक्रम

केन्द्रबिन्दु
42
Shares

सिरहा । विद्यालय परिसरजस्तो संवेदनशील क्षेत्रमा बिना कुनै स्वीकृति कार्यक्रम सञ्चालन गर्ने स्थल बनाइएकोप्रति स्थानीय आक्रोशित बनेका छन् । विद्यालयभित्र कुनैपनि कार्यक्रम गर्नुअघि सम्बन्धित निकायको अनुमति लिनुपर्ने कानुनी व्यवस्था हुँदापनि सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ११ मा रहेको श्री माध्यमिक विद्यालय बल्कावाका व्यवस्थापन समितिका अध्यक्ष तथा हेल्पिङ हर्ट नेपालका अध्यक्ष जियाउदिन खान र बिद्यालय प्रशासनले कानुनी व्यवस्थालाई वेवास्ता गर्दै कक्षा संचालनकै समयमा बिद्यालय परिसर प्रयोग भएको स्थानीयको भनाइ छ।

विद्यार्थीको पठन–पाठन प्रभावित पार्दै विद्यालय परिसर निजी प्रयोजनमा दुरुपयोग गर्नु केवल कानुन उल्लङ्घन मात्र नभई, विद्यालयको मर्यादा, अनुशासन र विद्यार्थीको शैक्षिक अधिकारमाथिको प्रत्यक्ष अतिक्रमण भएको स्थानीय युवा बिजय भुसन यादवले वताए । विद्यालयका प्रधानाध्यापक बेचन प्रसाद साहले आफुसंग अध्यक्षले अनुमती लिनुपर्ने नभएको बताए । ‘अध्यक्ष आफै कार्यक्रम संचालक अनि अनुमतिको कुरै भएन् । मौखिक जानकारी थियो, लिखित थिएन्,’उनले भने ।

तर हेल्पिङ हर्ट नेपाल एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जियाउदिन खानले आफुले अनुमती लिएर नै कार्यक्रम गरेको दावी गरे । पत्रकारले अनुमती पत्र माग गर्दा पछि दिन्छु भन्दै पन्छिए । नगरपालिका, शिक्षा शाखा र अन्य नियामक निकायले यसबारेमा कुनै जवाफ दिएको छैन् । विगतको दिनमा पनि विद्यालयमा बिना अनुमती कन्सर्ट(नाच)हरु नचाउने गरेको स्थानीयहरुको भनाइ छ ।

Skip This
Skip This
Logo