काठमाडौं । विघटित प्रतिनिधि सभामा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)का सांसद अमनलाल मोदीका स्वकीय सचिव पक्राउ परेका छन्।
जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा संलग्न रहेको आरोपमा मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका हुन्।
उनी मोरङ जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न थिए । मोदी मन्त्री हुँदा पनि उनी स्वकीय सचिवको जिम्मेवारीमा थिए। घटनामा उनको प्रत्यक्ष संलग्नता देखिएको भिडियोहरू सार्वजनिक भएका थिए।































प्रतिक्रिया