काठमाडौं । बागमती प्रदेशको राजधानी रहेको हेटौंडाको मुख्य सडक विस्तारको काम तत्कालका लागि स्थगित गरिएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार एकैदिन ५ सय ३१ संरचना भत्काइसकेपछि आइतबार आएर उक्त कार्य स्थगित गरिएको हो । सर्वोच्चले तत्कालका लागि घर–टहरा भत्काउने काम रोक्न शुक्रबार अल्पकालीन आदेश जारी गरेको थियो । तर जिल्ला प्रशासन र सडक डिभिजन कार्यालयले भने आफूलाई आधिकारिक रूपमा आदेश प्राप्त नभएको भन्दै शनिबार बिहानै डोजर चलाएर ५३१ वटा घर टहरा भत्काएका थिए।
डिभिजन कार्यालयले आइतबार १२ बजेर ४६ मिनेटमा उक्त आदेश प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगित गरिएको जनाएको छ।





























प्रतिक्रिया