झाँपामा सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु

झाँपामा सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु

केन्द्रबिन्दु
18
Shares

भद्रपुर। झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालक दिवाङस कँडेलको मृत्यु भएको छ । आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालक डुबेर गम्भीर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार नै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । बालकको शव हाल सोही अस्पतालमा राखिएको छ ।

Skip This
Skip This
Logo