भक्तपुर
विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–६ बस्ने २२ वर्षीय गणेश लामा, २१ वर्षीय लच्छु कार्की, २३ वर्षीय अनिल मगर, २४ वर्षीय सुमन तामाङ र २१ वर्षीय रुपक तामाङ रहेका छन् । "/>

काभ्रेको मण्डन देउपुरबाट सामान चोरीमा संलग्नहरु कार सहित भक्तपुरमा पक्राउ

काभ्रेको मण्डन देउपुरबाट सामान चोरीमा संलग्नहरु कार सहित भक्तपुरमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

भक्तपुर
विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–६ बस्ने २२ वर्षीय गणेश लामा, २१ वर्षीय लच्छु कार्की, २३ वर्षीय अनिल मगर, २४ वर्षीय सुमन तामाङ र २१ वर्षीय रुपक तामाङ रहेका छन् ।

निजहरुले गत १० गते काभ्रे मण्डन देउपुर नगरपालिका–२ स्थित सानुकान्छा तामाङको पसलबाट नगद तीन लाख चोरी गरेर फरार रहेको अभियोगमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए । प्रहरीले निजहरुलाई भक्तपुर नगरपालिका–१० कमलविनायकबाट बा ७ च ४२ नं कार सहित पक्राउ गरेको प्रसाईंले जानकारी दिए ।

निजहरुको साथबाट नगद एक लाख ६ हजार २१०, केही विदेशी मुद्रा, सुनको सिक्री एक थान, सुनको औँठी एक थान लगायतका सामग्री बरामद गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपा काभ्रेलाई बुझाएको प्रसाईंले जानकारी दिए ।
रासस

Logo