गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा. पोखरेलद्वारा राजीनामा

गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा. पोखरेलद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

कास्की । गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा. जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा शहरी विकास विज्ञ ट्रस्टीका सदस्य डा. पोखरेलले आफ्नो अन्तस्करणले सो पदमा रहन अनुपयुक्त बोध गरेकाले राजीनामा दिएको उनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

डा. पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको गरिमाको ख्याल नहुनजस्ता घटनाले साक्षी मात्र बस्न पदमा रहन उपयुक्त नदेखेको स्पष्ट पारेका छन् । डा. पोखरेलले विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङलाई पत्र लेख्दै सो पदबाट राजीनामा दिए पनि आफ्नो प्रदेश तथा विश्वविद्यालयको विकासमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।–रासस

Skip This
Skip This
Logo