तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
48
Shares

२०८२ माघ ४ देखि १० गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

यो हप्ता मेष राशि भएका व्यक्तिहरूका लागि सफलता र सौभाग्यले साथ दिनेछ। मेहनतको राम्रो फल प्राप्त हुनेछ र अड्किएका कामहरू बिस्तारै पूरा हुँदै जानेछन्।

कामकाजको क्षेत्रमा वरिष्ठ र सहकर्मीहरूको सहयोग मिल्नेछ, जसले आत्मविश्वास बढाउनेछ। व्यवसायमा नयाँ योजना र परिवर्तन गर्न सक्नुहुन्छ, ती परिवर्तनहरूले भविष्यमा फाइदा दिने संकेत देखिन्छ। विदेशसँग सम्बन्धित काम वा रोजगारीको अवसर पनि देखिन सक्छ । आर्थिक रूपमा अवस्था सुधारतर्फ जानेछ र अड्किएको पैसा फिर्ता पाउने सम्भावना छ।

पारिवारिक जीवन सुखद रहनेछ। परिवारका सदस्यहरूसँग राम्रो समय बित्नेछ र यदि कसैसँग मनमुटाव भएको थियो भने त्यसको समाधान हुनेछ। दाम्पत्य जीवनमा प्रेम र समझदारी बढ्नेछ। प्रेम सम्बन्धमा पनि सकारात्मकता रहनेछ। स्वास्थ्य सामान्य रहनेछ तर कमर वा जोर्नीसम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपान र दिनचर्यामा ध्यान दिनु आवश्यक छ।

निर्णय गर्दा अरूको भरमा मात्र नपरी आफ्नै विवेक प्रयोग गर्नु राम्रो हुनेछ। सहकर्मीहरूको व्यवहारप्रति सजग रहनुहोस्। कानुनी वा अदालतसँग सम्बन्धित विषयले केही तनाव दिन सक्छ। छिमेकीसँगको सम्बन्ध बिग्रन नदिनुहोला। सोमबारदेखि बिहीबारसम्म समय राम्रो रहनेछ भने शनिबार र आइतबार खासै अनुकूल नहुन सक्छ। घरका ज्येष्ठ सदस्यको सल्लाह मान्दा लाभ हुनेछ र धार्मिक वा आध्यात्मिक गतिविधिमा सहभागी हुँदा मानसिक शान्ति

उपाय- हनुमान चालीसाको नियमित पाठ गर्नुहोस्।

वृष राशि

यो हप्ता वृष राशि भएकाहरूका लागि लाभतर्फ जाने समय रहनेछ। सप्ताहको सुरुवात अलि दबाबपूर्ण हुन सक्छ। कामको जिम्मेवारी बढ्नेछ र मेहनत धेरै गर्नुपर्ला, तर सुरुमा त्यसअनुसारको प्रतिफल नदेखिँदा मन अलि खिन्न हुन सक्छ। यस्तो अवस्थामा धैर्य, आत्मनियन्त्रण र निरन्तरता नै तपाईंको सबैभन्दा ठूलो शक्ति बन्नेछ। कार्यक्षेत्रमा तपाईंलाई ठूलो जिम्मेवारी सुम्पिन सकिन्छ, जसले भविष्यमा पद, प्रतिष्ठा र विश्वास बढाउने संकेत गर्छ। उच्च अधिकारीहरूबाट प्रोत्साहन र समर्थन प्राप्त हुनेछ, त्यसैले इमानदारी र अनुशासनमा कुनै सम्झौता नगर्नुहोला।

व्यवसाय गर्नेहरूका लागि यो हप्ता महत्वपूर्ण छ। नयाँ अवसर देखिए पनि हतारमा निर्णय नगरी सोच–विचार गरेर अघि बढ्नु राम्रो हुनेछ। ग्राहकसँगको व्यवहारमा विशेष ध्यान दिनु आवश्यक छ, किनकि सानो गलतफहमीले सम्बन्ध बिग्रन सक्छ। ऋण, किस्ता वा आर्थिक दायित्वका कारण केही तनाव आउन सक्छ, तर दीर्घकालीन रूपमा आर्थिक अवस्था बलियो बन्दै जाने योग देखिन्छ। पैतृक सम्पत्तिबाट लाभ लिन सक्नुहुनेछ र रोकिएको धन फिर्ता हुने सम्भावना पनि छ। खर्चभन्दा बचततर्फ ध्यान दिन सके भविष्य अझ सुरक्षित हुनेछ।

पारिवारिक जीवनमा भने सकारात्मक ऊर्जा रहनेछ। घरमा खुसी र शान्तिको वातावरण बन्नेछ। जीवनसाथीबाट उल्लेखनीय सहयोग प्राप्त हुनेछ, जसले मानसिक रूपमा बलियो बनाउनेछ। प्रेम सम्बन्धमा गहिरोपन बढ्नेछ, तर अहंकार वा कठोर वाणीका कारण विवाद नहोस् भन्नेतर्फ सचेत रहनुहोस्। ससुराली पक्षसँग सम्बन्धित केही विषयले चिन्ता दिन सक्छ, त्यसैले विवाद टार्ने प्रयास गर्नु नै बुद्धिमानी हुनेछ। मित्र र शुभचिन्तकहरूसँग भेटघाट हुनेछ र कसैलाई उपहार दिने योग पनि देखिन्छ।

स्वास्थ्यको दृष्टिले यो हप्ता सामान्य रहनेछ, तर मौसम परिवर्तनका कारण आँखा, नाक, घाँटी वा एलर्जीसम्बन्धी समस्या देखिन सक्छ। कामको चापले थकान महसुस हुन सक्छ, त्यसैले पर्याप्त आराम, निद्रा र सन्तुलित खानपान अत्यन्त आवश्यक छ। विद्यार्थीहरूका लागि यो समय राम्रो छ। एकाग्रता बढ्नेछ र स्वाध्याय तथा नयाँ विषय सिक्नका लागि अनुकूल समय रहनेछ, तर मोबाइल र अनावश्यक तनावबाट टाढा रहनु जरूरी छ।

समग्रमा यो हप्ता वृष राशि भएकाहरूका लागि धैर्य, सन्तुलन र समझदारीको परीक्षा लिने समय हो। वरिष्ठ व्यक्तिहरूको सल्लाह मान्दा ठूला गल्तीबाट बच्न सक्नुहुनेछ। सप्ताहको अन्त्यतिर वातावरण सहज बन्दै जानेछ र सप्ताहान्त विशेष रूपमा सुखद रहने संकेत छ।

उपाय- ॐ नम शिबाय मन्त्र बिहान–साँझ जप गर्नुहोस्। यसले मानसिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्नेछ।

मिथुन राशि

यो हप्ता मिथुन राशि भएकाहरूका लागि नयाँ अवसर, प्रगति र उपलब्धिले भरिएको रहनेछ। यदि तपाईंले आफ्नो काम समयमै र योजनाबद्ध रूपमा पूरा गर्ने प्रयास गर्नुभयो भने अपेक्षाभन्दा धेरै राम्रो सफलता र लाभ प्राप्त गर्न सक्नुहुनेछ। करियर र व्यवसायको दृष्टिले यो हप्ता निकै शुभ रहने संकेत छ। आत्मविश्वाससहित अघि बढेमा तपाईँका लक्ष्यहरू एक–एक गरी पूरा हुँदै जानेछन्।

सप्ताहको सुरुवातमै दैनिक आम्दानीमा सुधार देखिनेछ र व्यापारमा राम्रो गति आउनेछ। लामो समयदेखि सोचिएको कारोबार विस्तारसम्बन्धी योजना व्यवहारमा उतार्न सक्नुहुनेछ। विदेशसँग सम्बन्धित काम गर्नेहरूका लागि यो हप्ता विशेष लाभदायक हुनेछ।

जागिरे व्यक्तिहरूका लागि पद, प्रतिष्ठा र जिम्मेवारी बढ्ने सम्भावना बलियो छ। उच्च अधिकारीहरूबाट प्रशंसा र प्रोत्साहन प्राप्त हुनेछ, जसले भविष्यको बाटो अझ सहज बनाउनेछ। समाजसेवा वा राजनीतिमा संलग्न व्यक्तिहरूको प्रभाव बढ्नेछ र सरकार वा सत्ता पक्षसँग नजिकिँदा फाइदा लिन सक्नुहुनेछ।

पारिवारिक तथा दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथीसँगको सम्बन्ध अझ मधुर बन्नेछ र आपसी सहयोगले मन प्रसन्न रहनेछ । प्रेम सम्बन्धका लागि यो हप्ता अनुकूल भए पनि बीच–बीचमा अलि कन्फ्युजन वा दोधारको अवस्था आउन सक्छ, त्यसैले खुलेर संवाद गर्नु आवश्यक छ । नातेदारहरुबाट सहयोग वा लाभ प्राप्त हुने योग देखिन्छ। विद्यार्थीहरूका लागि यो समय निकै राम्रो छ, पुरस्कार वा सम्मान प्राप्त हुने सम्भावना छ र पढाइमा एकाग्रता बढ्नेछ।

स्वास्थ्यको दृष्टिले भने केही सावधानी आवश्यक छ। मौसम परिवर्तनका कारण रुघाखोकी, ज्वरो वा एलर्जीसम्बन्धी समस्या देखिन सक्छ। नजिकका केही व्यक्तिहरूले मानसिक दबाब दिन सक्छन्, जसले आत्मविश्वासमा कमी महसुस गराउन सक्छ। यस्तो अवस्थामा नकारात्मक सोचबाट टाढा रहनुहोस्। अनावश्यक विवादमा नपर्नुहोला। समयको सदुपयोग नगरी फजुल काममा अल्झिन सक्ने सम्भावना पनि छ, त्यसैले अनुशासन आवश्यक छ। कुसङ्गति, नशा वा गलत आदतबाट टाढा रहनु अत्यन्त जरुरी छ।

समग्रमा यो हप्ता मिथुन राशि भएकाहरूका लागि उत्थान, अवसर र उपलब्धिको समय हो। मन र व्यवहार दुवै सन्तुलित राख्न सके सफलता अझ ठूलो हुनेछ।

उपाय- यो हप्ता बुध ग्रहलाई बलियो बनाउन हरेक बिहान “ॐ बुं बुधाय नमः” मन्त्र १०८ पटक जप गर्नुहोस् ।

कर्कट राशि

यो हप्ता सावधानी, संयम र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने समय रहनेछ । कुनै पनि काममा लापरवाही नगर्नु अत्यन्त आवश्यक छ। सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउनुहोस् र हतारमा ठूलो निर्णय नगर्नुहोला। व्यवसाय र आर्थिक पक्षमा यो हप्ता लाभ र खर्च दुवै देखिनेछ। आम्दानी हुने भए पनि खर्चको मात्रा बढी हुन सक्ने भएकाले बजेट र खर्च नियन्त्रणमा राख्नु बुद्धिमानी हुनेछ।

सप्ताहको बीचतिर अनावश्यक वा चाहँदा–नचाहँदा खर्च गर्नुपर्ने स्थिति आउन सक्छ। यदि पहिले नै कुनै ऋण वा उधारो लिनु भएको छ भने त्यसको भुक्तानीमा अलि कठिनाइ महसुस हुन सक्छ। व्यापार विस्तार गर्ने सोचमा हुनुहुन्छ भने नयाँ ऋण प्राप्त हुने योग पनि देखिन्छ, तर कागजी प्रक्रिया राम्ररी जाँच गरेर मात्र अघि बढ्नुहोला। साझेदारीमा व्यवसाय गर्नेहरूले विशेष सतर्कता अपनाउनुपर्छ, विशेष गरी हप्ताको उत्तरार्धमा पैसा लेनदेन र कागजातसम्बन्धी काममा सानो गल्ती पनि ठूलो समस्या बन्न सक्छ।

नोकरीपेशा व्यक्तिहरूका लागि, विशेष गरी निजी क्षेत्रमा काम गर्नेहरूका लागि यो हप्ता राम्रो रहनेछ। काममा सक्रियता बढ्नेछ र तलब बढ्ने वा अतिरिक्त आम्दानीको सम्भावना देखिन्छ। महिलाहरूले भने पेशागत र पारिवारिक जीवनबीच सन्तुलन मिलाउन अलि चुनौती महसुस गर्न सक्छन्, तर धैर्य र समझदारीले समाधान सम्भव छ।

पारिवारिक तथा सामाजिक जीवनमा मिश्रित प्रभाव देखिन्छ। भाइबहिनीहरूसँग सम्बन्ध मधुर राख्नु आवश्यक छ। जीवनसाथीसँग राम्रो समय बित्नेछ, तर सम्बन्ध सुधारका लागि धेरै बोल्नु भन्दा मौन र संयमित व्यवहार बढी फलदायी हुनेछ। प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा अनावश्यक बहस वा कडा वाणीले बनिरहेको सम्बन्ध बिग्रन सक्छ, त्यसैले कम बोल्नु र बढी बुझ्नु यस हप्ताको मुख्य सूत्र हो। सन्तानको भविष्यलाई लिएर चिन्ता लाग्न सक्छ।

स्वास्थ्यतर्फ ध्यान दिनु जरुरी छ। पुरुष जातकहरूले महिलाप्रति आफ्नो व्यवहार मर्यादित र सम्मानजनक राख्नु आवश्यक छ। पीठ वा कमर दुख्ने समस्या देखिन सक्छ, त्यसैले भारी काम र लापरवाही नगर्नुहोस्। गुप्त शत्रु सक्रिय हुन सक्छन्, पुराना विवादहरू दोहोरिन सक्छन्, त्यसैले अनावश्यक झमेलाबाट टाढा रहनु बुद्धिमानी हुनेछ। साना गल्तीलाई ठूलो बनाउने बानी त्याग्नुहोस् र मेहनतदेखि नडराउनुहोस्।

समग्रमा यो हप्ता कर्कट राशि भएकाहरूका लागि आर्थिक रूपमा सम्भावनायुक्त तर व्यवहार र निर्णयमा अत्यन्त सजग रहनुपर्ने समय हो। संयम, मौन र विवेक अपनाएमा परिस्थितिलाई आफ्नो पक्षमा मोड्न सक्नुहुनेछ।

उपाय- यस हप्ता मानसिक शान्ति, बाधा निवारण र खर्च नियन्त्रणका लागि नियमित रूपमा शिवमहिम्न स्तोत्र पाठ गर्नुहोस्। सोमबार भगवान शिवलाई जल वा दूध अर्पण गर्नु शुभ हुनेछ।

सिंह राशि

यो हप्ता सिंह राशि भएकाहरूका लागि मेहनत, धैर्य र समझदारीको परीक्षा लिने समय रहनेछ। सप्ताहको सुरुवात अलि दौडधुप र व्यस्तताले भरिएको हुन सक्छ। करियर र व्यवसायका विषयमा अपेक्षाभन्दा बढी मेहनत र प्रयास गर्नुपर्ला। आर्थिक लाभको संकेत त देखिन्छ, तर त्यसको वास्तविक फल हप्ताको अन्त्यतिर मात्र प्राप्त हुने सम्भावना छ । त्यसैले सुरुवाती दिनहरूमा धैर्य राख्नु अत्यन्त आवश्यक हुनेछ।

यदि तपाईं नयाँ व्यवसाय सुरु गर्ने योजना बनाइरहनुभएको छ भने सुरुमा केही अवरोध देखिनसक्छ, तर इष्टमित्र र आत्मीयजनको सहयोगले ती समस्या समाधान हुँदै जानेछन् । हप्ताको मध्यतिर धनको लेनदेन गर्दा विशेष सतर्कता अपनाउनुहोस्। कसैलाई पैसा उधारो दिनुपरेमा धेरै सोचविचार गरेर मात्र दिनुहोला, नत्र पछि फिर्ता लिन गाह्रो हुन सक्छ। व्यवसायमा पारदर्शिता कायम राख्नु अत्यन्त जरुरी छ।

नोकरीपेशा व्यक्तिहरूका लागि सप्ताहको उत्तरार्ध बढी अनुकूल रहनेछ। तपाईंको इमानदारी, परिश्रम र लगनशीलताको वरिष्ठ अधिकारीहरूले खुलेर प्रशंसा गर्नेछन्। आश्चर्यजनक रूपमा, जसबाट तपाईंले सहयोगको अपेक्षा गर्नुभएको थिएन, त्यही व्यक्तिबाट सहयोग प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको छवि बलियो बन्नेछ र नतिजा तपाईंको पक्षमा आउने सम्भावना बढ्नेछ। उच्च पदस्थ व्यक्तिहरूसँगको सम्बन्ध सुधार हुनेछ र नयाँ सोच तथा स्पष्टता विकसित हुनेछ।

पारिवारिक र सामाजिक जीवनमा पनि सकारात्मक संकेत देखिन्छ। परिवारसँग घुमफिर वा बाहिर जाने योजना बन्न सक्छ। जीवनसाथी तपाईंप्रति प्रसन्न रहनेछ र दाम्पत्य जीवनमा सन्तुलन कायम हुनेछ। प्रेम सम्बन्धमा भने सानो विषयलाई लिएर मनमुटाव हुन सक्छ, तर विवाद बढाउनुको सट्टा शान्त संवाद अपनाएमा मनमुटाव हट्नेछ। केही प्रेम सम्बन्धले वैवाहिक सहमति पाउने योग पनि देखिन्छ। ससुरालि पक्षबाट सहयोग प्राप्त हुन सक्छ। सन्तान र साना बालबालिकासँग सम्बन्धित सुखद समाचारले मन खुशी हुनेछ।

स्वास्थ्यको दृष्टिले सप्ताहको सुरुवातमा अत्यधिक व्यस्तताका कारण थकान महसुस हुन सक्छ। काम केही ढिलो गतिमा अघि बढे पनि अन्ततः पूरा हुनेछन्। हप्ताको मध्यतिर स्वास्थ्यसम्बन्धी समस्या क्रमशः कम हुँदै जानेछ। परिवारका ज्येष्ठ सदस्यहरूको स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक छ। खानपानमा विशेष सावधानी अपनाउनुहोस्। नकारात्मक सोचबाट टाढा रहनु र आत्मविश्वास कायम राख्नु यस हप्ताको ठूलो चुनौती र समाधान दुवै हुनेछ।

समग्रमा यो हप्ता सिंह राशि भएकाहरूका लागि मेहनतपछि सफलता, सम्बन्ध सुधार र आत्मबल बढाउने समय हो। धैर्य, संयम र विवेक अपनाएमा हप्ताको अन्त्य निकै सन्तोषजनक रहनेछ।

उपाय- प्रत्येक बिहान सूर्यलाई जल अर्पण गर्नुहोस् र “ॐ घृणि सूर्याय नमः” मन्त्रको जप गर्नु शुभ रहनेछ।

कन्या राशि

यो हप्ता कन्या राशि भएकाहरूका लागि शुभता, सौभाग्य र प्रगतिले भरिएको रहनेछ । परिवारलाई समय दिने इच्छा बढ्नेछ र साना–साना उपलब्धिले पनि मन प्रसन्न रहनेछ। भाग्यले साथ दिने भएकाले घर र बाहिर दुवै ठाउँमा तपाईंको प्रभाव देखिनेछ । तपाईंले बोलेका कुरा धेरैले मान्नेछन् र तपाईंको विचारलाई सम्मान गरिनेछ। व्यवहारिक सोचका साथ निर्णय लिनुभयो भने हरेक क्षेत्रमा फाइदा हुनेछ। बुधबारपछि समय अझै अनुकूल बन्दै जाने संकेत छ।

करियर र कामकाजको क्षेत्रमा यो हप्ता निकै राम्रो रहनेछ। नोकरीपेशा व्यक्तिहरूले कुनै नयाँ पहल गरेर वरिष्ठ अधिकारीको मन जित्न सक्नुहुनेछ। काम छिटो र समयमै पूरा गर्ने क्षमताका कारण कार्यालयमा तपाईंको प्रभाव बढ्नेछ, तर यसले केही व्यक्तिहरूलाई असहज पनि बनाउन सक्छ। त्यसैले आफ्नो काम अरूको भरमा नछोड्नुहोस् र विरोधीहरूबाट सजग रहनुहोस्। सरकारसँग सम्बन्धित क्षेत्रमा काम गर्नेहरूका लागि यो हप्ता विशेष शुभ रहनेछ, मान–सम्मान र लाभ प्राप्त हुने योग देखिन्छ।

व्यवसाय गर्नेहरूका लागि ठूलो परिवर्तन गर्ने अवसर आउन सक्छ। यो परिवर्तनले भविष्यमा राम्रो लाभ दिलाउने संकेत छ। आर्थिक रूपमा अवस्था बलियो रहनेछ, आम्दानी बढ्नेछ र सम्पत्तिमा वृद्धि गर्ने अवसर पनि मिल्न सक्छ। हप्ताको उत्तरार्धमा अदालत वा कानुनी विषयसँग सम्बन्धित पुराना मुद्दामा सफलता वा तपाईंको पक्षमा निर्णय आउने सम्भावना छ। पैतृक सम्पत्ति प्राप्त हुने योग पनि देखिन्छ। यद्यपि धेरै उधारो दिने वा अत्यधिक दान गर्ने बानीले बजेट बिगार्न सक्छ, त्यसैले आर्थिक अनुशासन आवश्यक छ।

पारिवारिक र दाम्पत्य जीवन निकै सुखद रहनेछ। जीवनसाथीसँगको सम्बन्ध मधुर रहनेछ र तपाईंका चाहनाको सम्मान हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ र केही सम्बन्ध विवाहमा परिणत हुने सम्भावना छ। अत्यधिक विश्वासले कहिलेकाहीँ चोट दिन सक्छ, त्यसैले सन्तुलन आवश्यक छ। आमाबाबुको आशीर्वाद प्राप्त हुनेछ र दाजुभाइ–दिदीबहिनीसँग सम्बन्ध अझ मजबुत हुनेछ। सन्तानको पढाइ र भविष्यलाई लिएर केही चिन्ता हुन सक्छ, उनीहरूलाई सहयोग र मार्गदर्शन गर्नु फाइदाजनक हुनेछ।

स्वास्थ्यका दृष्टिले सामान्यत: राम्रो रहनेछ। मानसिक रूपमा मनोबल राम्रो रहनेछ, तर अनावश्यक चिन्ताबाट टाढा रहनु उपयुक्त हुनेछ। समग्रमा यो हप्ता कन्या राशि भएकाहरूका लागि उन्नति, सम्मान र पारिवारिक सुख दिने समय हो। संयम, व्यवहारिकता र सजगताका साथ अघि बढ्दा हप्ताको अन्त्य निकै सन्तोषजनक रहनेछ।

उपाय- यस हप्ता बुद्धि, सफलता र बाधा निवारणका लागि नियमित रूपमा गणपति अथर्वशीर्षको पाठ गर्नु शुभ फलदायी हुनेछ।

तुला राशि

यो हप्ता तुला राशि भएकाहरूका लागि अत्यन्त शुभ र मनपर्ने सफलता दिलाउने समय रहनेछ। यदि तपाईं लामो समयदेखि कुनै प्रोजेक्ट वा काम पूरा गर्न प्रयासरत हुनुहुन्थ्यो भने यस हप्तामा आएको अवरोधहरू दूर हुनेछन् र इष्टमित्र र शुभचिन्तकको सहयोगले समयमै काम पूरा हुनेछ । करियर र व्यवसायको दृष्टिले यो हप्ता लाभदायक रहनेछ।

नोकरीपेशा व्यक्तिहरूका लागि यो हप्ता विशेष अनुकूल रहनेछ । तपाईंलाई मनपर्ने स्थानमा तबादला वा मनपर्ने पद पाउने सम्भावना देखिन्छ। लक्ष्य–केन्द्रित काम गर्नेहरूले आफ्नो काम समयमा पूरा गर्ने अवसर पाउनेछन्। सत्ता वा सरकारी अधिकारीसँग राम्रो सम्बन्ध राखेर अधूरा काम पूरा गर्न सकिनेछ।

व्यवसाय वा साझेदारीमा काम गर्नेहरूले यस हप्तामा नयाँ अवसर पाउनेछन्। व्यापार विस्तार गर्ने वा नयाँ व्यवसाय सुरु गर्ने अवसर पनि देखिन्छ। परीक्षा वा प्रतियोगिता तयारीमा लागेका विद्यार्थीहरूका लागि शुभ समाचार प्राप्त हुने योग छ।

पारिवारिक र प्रेम सम्बन्ध पनि सुखद रहनेछ। प्रेम सम्बन्धमा मजबुती आउनेछ। परिवारसँग रमाइलो र हाँसो–खुसी समय बित्ने अवसर प्राप्त हुनेछ। घरमा केही नवीनीकरण वा सुधारको योजना बन्न सक्छ। वित्तीय निर्णय लिनुपर्ने समय पनि देखिन्छ। वैवाहिक सम्बन्धमा निकटता बढ्नेछ। परिवारमा विवाह वा अन्य मंगलकार्यको योजना बन्ने सम्भावना छ।

सप्ताहको सुरुवाती दिनहरूमा कार्यक्षेत्रमा व्यस्तता बढी रहनेछ। पुरानो ऋण चुकाउने दबाब पर्न सक्छ । परिवारका सदस्यको स्वास्थ्य वा ननिहाल पक्षमा केही समस्या देखिनसक्छ। रियल एस्टेट वा वित्तसँग सम्बन्धित व्यापारमा पैसाको समस्या आउन सक्छ । नजिकका मानिसहरूको ख्याल राख्नु र आफ्ना कमजोरीमा नियन्त्रण ल्याउनु आवश्यक छ । प्रशंसा पाउँदा अहंकार नबढ्ने ख्याल राख्नुहोस्।

स्वास्थ्य सामान्य रहनेछ तर तनाव र व्यस्तताबाट थकान महसुस हुनसक्छ ।

उपाय- सोमबार भगवान शिवलाई तिल मिश्रित दूध र बेल पत्र अर्पण गर्नुहोस्।

वृश्चिक राशि

यो हप्ता वृश्चिक राशि भएका व्यक्तिहरूका लागि धेरै व्यस्त र सक्रिय रहनेछ। कामकाज र यात्रामा बढी व्यस्तता रहनेछ, तर तपाईँले गरेको मेहनत र प्रयासको पूरा फल प्राप्त हुनेछ। हप्ताभरि तपाईंको उर्जा उच्च रहनेछ र हरेक काम उत्कृष्ट रूपमा पूरा गर्न सक्ने क्षमता हुनेछ।

कार्यक्षेत्रमा स्थिति बलियो रहनेछ। रोकिएका काम पूरा हुनेछन् र व्यापार वा करियरमा नयाँ अवसर प्राप्त हुनेछन्। धन प्राप्त हुने योग छ। ठूलो किनमेल वा आवश्यक खर्च गर्न सकिने समय छ। आर्थिक स्थितिमा सुधार आउनेछ। सप्ताहको मध्यमा आटेका काम पूरा हुनेछन् र व्यवसायमा प्रगति देख्दा सन्तोष प्राप्त हुनेछ। नौकरीपेशा व्यक्तिहरूलाई शुभ समाचार प्राप्त हुने सम्भावना छ। विद्यार्थीहरूका लागि पनि यो समय फलदायी छ; परीक्षा–प्रतियोगितामा सफलता मिल्नेछ।

पारिवारिक जीवन सुखद रहनेछ। भाई–बहिनी र परिवारसँग प्रेम र सामंजस्य कायम रहनेछ। परिवारका सदस्यहरूले सहयोग गर्नेछन्। प्रेम सम्बन्ध गहिरो हुनेछ र जीवनसाथीसँग नजिक हुने अवसर प्राप्त हुनेछ।

नयाँ व्यक्तिमा अत्यधिक भरोसा नगर्नुहोस्। प्रिय मित्रसँग स–साना मनमुटाव हुनसक्छ । अरूले तपाईंको भावनाको मजाक उडाउन सक्ने सम्भावना छ। जीवनसाथीसँग मतभेद भएमा धैर्यपूर्वक समाधान गर्नु लाभदायक हुनेछ। ससुराल पक्षमा पनि केही समस्या देखिन सक्छ।

स्वास्थ्यमा स–साना उतार-चढाव रहन सक्छ। पर्याप्त पानी पिउनु, हल्का व्यायाम गर्नु र आराम गर्नु आवश्यक छ। आत्मविश्वास बढ्नेछ, रोकिएका काम पूरा हुनेछन्। नयाँ अवसर र अनुबन्ध फाइनल हुनेछन्। आर्थिक लाभ हुनेछ। खर्च नियन्त्रणमा राख्नुहोस्।प्रेम र पारिवारिक जीवन: प्रेम सम्बन्ध गहिरो हुनेछ। परिवारसँग तालमेल राख्नु लाभदायक।

उपाय- प्रत्येक दिन हनुमान चालीसा सात पटक पाठ गर्नु लाभदायक हुनेछ।

धनु राशि

यो हप्ता धनु राशि भएका व्यक्तिहरूका लागि मिश्रित फलदायी रहनेछ । कहिले चीजहरू तपाईंको पक्षमा हुनेछन् भने कहिले अलि चुनौतीपूर्ण देखिनेछन्। तर आफ्नो सूझबूझ र इष्टमित्रको सहयोगले समस्याहरू समाधान गर्न सकिनेछ।

सप्ताहको सुरुमा अचानक खर्च बढ्ने सम्भावना छ। करियर र व्यापारसँग सम्बन्धित काममा सावधानीपूर्वक कदम चाल्नु लाभदायक हुनेछ। कार्यक्षेत्रमा सीनियर र जूनियरसँग तालमेल कायम राख्नु आवश्यक छ। सप्ताहको मध्यमा स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोस्। पेटसँग सम्बन्धित साना समस्या देखिन सक्छ। व्यवसायीहरूले जोखिमपूर्ण लगानीबाट बच्नुपर्छ।

सप्ताहको उत्तरार्धमा नयाँ आयका स्रोत खोज्ने अवसर प्राप्त हुनेछ। पारिवारिक जीवन मध्यम सुखद रहनेछ। कामकाजको व्यस्तताका कारण परिवारमा कम समय दिन सकिनेछ। भाई–बहिनी वा अन्य परिवारजनसँग स–साना विवाद हुन सक्छ। प्रेम सम्बन्धमा पनि सावधानीपूर्वक कदम चाल्नु लाभदायक हुनेछ।

यस हप्तामा सफलता र नयाँ अवसरको द्वार खुल्नेछ। लामो समयदेखि खोज्दै आएको अवसर इष्टमित्र वा प्रभावशाली व्यक्तिको सहयोगले प्राप्त हुनेछ। बेरोजगार व्यक्तिहरूलाई मनपर्ने रोजगारी प्राप्त हुन सक्छ। पहिले देखि काम गरिरहेका व्यक्तिहरूलाई पदोन्नति वा पुरस्कारको अवसर मिल्नेछ।

कारोबारमा उत्तरार्धसम्म तपाईंको नियन्त्रण बढ्नेछ। यात्रा र व्यापार लाभदायक रहनेछ। आयका नयाँ स्रोत र संचित धनमा वृद्धि हुनेछ। पिता, गुरु र इष्टमित्रहरूको विशेष कृपा रहिरहनेछ। प्रेम जीवन अनुकूल रहनेछ। वैवाहिक जीवन सुखद रहनेछ। स–साना स्वास्थ्य समस्या भए पनि सामान्य रहनेछ।

उपाय- प्रतिदिन भगवान श्री विष्णुको पूजा र श्री विष्णु सहस्त्रनामको पाठ गर्नु लाभदायक हुनेछ।

मकर राशि

यो हप्ता मकर राशि भएका व्यक्तिहरूका लागि शुभ र सौभाग्यपूर्ण रहनेछ। सप्ताहको सुरुवात शुभ समाचारसहित हुनेछ। लामो समयदेखि रोजीरोटी वा करियरमा प्रयासरत व्यक्तिहरूलाई मनपर्ने अवसर प्राप्त हुन सक्छ। इष्टमित्रको सहयोगले तपाईंलाई फाइदा मिल्नेछ।

विद्यार्थीहरूको अध्ययनप्रति रुचि बढ्नेछ र मेहनतको फल प्राप्त हुनेछ। सप्ताहको मध्यमा सुविधा र आरामसँग सम्बन्धित ठूलो खर्च हुन सक्छ। भूमि, भवन वा सवारीसाधनको सुख प्राप्त हुने योग छ। पैतृक सम्पत्तिमा रोकिएका काम पूरा हुनेछन्। आर्थिक निर्णय योजनाबद्ध तरिकाले गर्दा लाभ हुनेछ।

सामाजिक प्रतिष्ठा र मान–सम्मानमा वृद्धि हुनेछ। सप्ताहको उत्तरार्धमा प्रभावशाली व्यक्तिहरूसँग मेलमिलाप बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ। परिवारसँग तालमेल राम्रो रहनेछ र सहयोग प्राप्त हुने छ। प्रेम सम्बन्ध गहिरो र सुखद रहनेछ। जीवनसाथीसँग तीर्थ भ्रमणको योग पनि बन्नसक्छ ।

व्यवसायमा पार्टनरसँग सम्बन्ध मधुर रहनेछ। करियरमा राम्रो खबर मिल्ने सम्भावना छ। घरमा नयाँ पाहुनाहरू आउनेछन्। अरूले तपाईंको सल्लाह लिन सक्नेछन्। व्यापारिक यात्रा लाभदायक हुनेछ। प्रेम जीवन रोमान्टिक रहनेछ।

पुरानो रोग वा स्वास्थ्य समस्या समाप्त हुन सक्छ। व्यवसाय र करियरमा वृद्धि हुनेछ। जीवनसाथीको सहयोग प्राप्त हुनेछ। पुराना विवाद समाधान गर्न सकिनेछ।

सावधानी: विवाहेतर सम्बन्धबाट टाढा रहनुहोस्। कार्यक्षेत्रमा अत्यधिक तनाव रहन सक्छ। मांगलिक कार्यमा केही अवरोध आउन सक्छ। अरूको रायलाई बढी महत्त्व नदिनुहोस्। काममा गतिशीलता कायम राख्नु आवश्यक छ। खरीदारी गर्दा बिल ध्यान दिनुहोस्।

उपाय- प्रत्येक दिन अर्गला स्तोत्रको पाठ गर्नु लाभदायक हुनेछ।

कुम्भ राशि

यो हप्ता मिश्रित फलदायी रहनेछ । सप्ताहको सुरुवात शुभ समाचारसहित हुनेछ। मार्केटिङ र व्यापारसँग सम्बन्धित काममा आफ्नो ऊर्जा लगाउँदा सफलता प्राप्त हुनेछ । व्यापार विस्तारका प्रयास सफल रहन सक्छन्।

परिवारसँगको वातावरण राम्रो रहनेछ । भूमि वा सम्पत्तिसँग सम्बन्धित राम्रो सम्झौता मिल्ने सम्भावना छ। नयाँ व्यापारिक सम्झौता हुन सक्छ। ठूलो आर्थिक नोक्सान टल्ने योग छ। प्रेम जीवनमा उत्साह रहनेछ र मनपर्ने व्यक्तिलाई प्रपोज गर्ने अवसर मिल्न सक्छ।

आय–व्यय दुवै ठूलो मात्रामा हुने हुँदा वित्तीय व्यवस्थामा ध्यान दिनुहोस्। अनावश्यक यात्रा र समयको बर्बादीबाट बच्नुहोस्। पार्ट टाइम काम गर्ने व्यक्तिहरूलाई कठिनाइ बढ्न सक्छ। काममा हतार नगर्नुहोस्, नत्र बनिरहेको काम बिग्रन सक्छ।

सप्ताहको सुरुमा खर्च बढी हुनेछ। धनको आवक कम र अनावश्यक खर्च बढी हुनाले मन खिन्न हुनसक्छ। सप्ताहको मध्यमा नौकरीपेशा व्यक्तिहरूले कार्यक्षेत्रमा सावधानी अपनाउनु आवश्यक छ। विरोधी सक्रिय हुन सक्छन् र काममा बाधा पुर्‍याउन सक्छन्। सीनियर र जूनियरबाट अपेक्षित सहयोग कम मिल्ने सम्भावना छ।

कार्य क्षेत्रमा वाणी र व्यवहारमा नियन्त्रण आवश्यक छ, नत्र अरूले तपाईंको कुरा गलत तरिकाले प्रस्तुत गर्न सक्छन्। व्यापारमा उतार-चढाव रहन सक्छ। प्रेम सम्बन्धमा सुधार ल्याउन लव पार्टनरको भावनाको कदर गर्नुहोस्। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुहोस्।

उपाय- प्रत्येक दिन हनुमानजीको पूजा र श्री हनुमानाष्टकको पाठ गर्नु लाभदायक हुनेछ।

मीन राशि

यो हप्ता सौभाग्य र सफलता दिने रहनेछ । हप्ताको सुरुमा नै करियर र व्यापारमा अनुकूलता रहनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत रंग ल्याउनेछ र मान–सम्मान बढ्नेछ। भाग्यको साथले तपाईं विभिन्न क्षेत्रमा आफैंलाई अघि बढिरहेको पाउनुहुनेछ।

यो हप्ता नयाँ–नयाँ कुरा सिक्ने अवसर मिल्नेछ, जसले तपाईंको कार्य कुशलता बढाउनेछ। हप्ताको मध्यमा छोटो वा लामो दूरीको यात्रा हुन सक्छ, जसले सुख र नयाँ सम्पर्कहरू बनाउन मद्दत गर्नेछ। घरमा महिलाहरू धार्मिक वा आध्यात्मिक कार्यमा व्यस्त रहन सक्नेछन्। घरमा मांगलिक कार्य सम्पन्न हुन सक्छ।

सन्तानसँग सम्बन्धित कुनै चिन्ता हट्नेछ र मन प्रसन्न हुनेछ। परिवारका सदस्यहरूसँग प्रेम र सहयोग कायम रहनेछ। आय–व्ययको हिसाबले हप्ता राम्रो रहनेछ। व्यापारमा लाभ र संचित धन वृद्धि हुनेछ। हप्ताको उत्तरार्धमा घर वा सुविधा सम्बन्धी सामानमा ठूलो खर्च हुन सक्छ। प्रेम सम्बन्ध प्रगाढ रहनुका साथै वैवाहिक जीवन सुखमय रहनेछ।

हप्ताको सुरुमा कामकाजको दबाब बढ्न सक्छ। कार्यक्षेत्रमा विरोधी सक्रिय हुन सक्छन् र काममा बाधा पुर्‍याउन सक्छन्। कुनै व्यक्तिमा अत्यधिक भरोसा नगर्नुहोस् र सकेसम्म आफ्नै प्रयासमा काम पूरा गर्नुहोस्। आर्थिक व्यवस्थामा ध्यान दिनुहोस्। पार्टनरशिप व्यवसायमा केही कठिनाइ आउन सक्छ, फसेको पैसा निकाल्न बढी मेहनत गर्नुपर्ने हुन सक्छ।

माताको स्वास्थ्यमा मन चिन्तित रहन सक्छ। लव पार्टनरसँग विवाद भएमा समझदारी अपनाउनुहोस्। दांपत्य जीवन सुखमय राख्न जीवनसाथीको भावनाको कदर गर्नु आवश्यक छ ।

उपाय- प्रत्येक दिन भगवान सूर्य नारायणलाई जल चढाएर सूर्याष्टकंको पाठ गर्नु लाभदायक हुनेछ ।

Logo