सहिद सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली व्यक्त

सहिद सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली व्यक्त

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ। सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले प्रजातन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गरेका स्थान टेकुमा स्मृतिसभा आयोजना गरिएको छ । देश र जनताका मुक्तिका खातिर आफ्नो ज्यानको आहुती दिने वीर तथा महान सहिद शास्त्रीको सम्झनामा सभाको आयोजना गरिएको हो।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले सहिद शास्त्रीको प्रतीमामा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरे ।

त्यस अवसरमा कावा प्रमुख डङ्गोलले सहिद शास्त्रीको योगदानको चर्चा गरेकी थिइन्। “बोल्नै नपाइने त्यो समयको सङ्घर्षले स्वतन्त्र भएर बोल्ने व्यवस्था दियो, हामी सहिदहरुप्रति आभारी छौँ”, सभामा वडा नं १२ का सदस्य पुष्परत्न प्रजापतिले भनेका थिए ।

Skip This
Skip This
Logo