पन्चैबाजा संरक्षणमा जुटे बागलुङमा विद्यार्थी

पन्चैबाजा संरक्षणमा जुटे बागलुङमा विद्यार्थी

केन्द्रबिन्दु
18
Shares

ढोरपाटन। बागलुङका विद्यालयमा मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ। बाजा बजाउने प्रचलन घट्दै गएपछि जिल्लाका विद्यालयले विद्यार्थीलाई सिकाउन थालेका छन्।

त्रिभुवन माध्यमिक विद्यालय, पैयुँपाटा स्थित विद्यालयका विद्यार्थीले दुई वर्षदेखि निरन्तर बाजा बजाउँदै आएका छन्। विद्यालयले रु १ लाख ५० हजारमा बाजा खरिद गरेर विद्यार्थीलाई सिकाइरहेको प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले जानकारी दिए । शिक्षक थमबहादुर परियारले कक्षा ४ देखि १२ का विद्यार्थीलाई बाजा बजाउन सिकाउँछन्।

त्यसैगरी सिगाना माध्यमिक विद्यालय, नगरपालिका–८ का विद्यार्थी पनि पन्चैबाजा सिकिरहेका छन्। कक्षा ३ देखि १० का करिब १५ जना विद्यार्थी बाजा बजाउँछन्। शिक्षक रामबहादुर नेपालीले विद्यार्थीको चासो बढेपछि सिकाउन थालेको बताए ।

छात्र सक्षम परियारले पुख्र्यौली पेसा र संस्कृतिलाई संरक्षण गर्न आवश्यक भएको बताउँदै, विद्यालयमा सिकेपछि बाजा बजाउन पूर्ण रूपमा जान्ने भएको बताए ।

बागलुङ नगरपालिकासहित गलकोट, बडिगाड, बरेङ लगायतका स्थानीय तहका विद्यालयले पनि विद्यार्थीलाई पन्चैबाजा सिकाउन थालेका छन्।

Skip This
Skip This
Logo