रसुवामा ट्राफिक कारबाही तीव्र

रसुवामा ट्राफिक कारबाही तीव्र

केन्द्रबिन्दु
39
Shares

रसुवा। यहाँ यातायात कार्यालयको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको केरुङतर्फ लैजान थालेपछि त्यसलाई कानुनी दायरामा ल्याउन ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ।

गत पुस १७ गतेदेखि मितेरी पुल सञ्चालनमा आएपछि यातायात कार्यालयको अनुमति बिना रसुवा प्रवेश गर्ने कन्टेनर डिब्बाको सङ्ख्या ६५ पुगेको ट्राफिक प्रहरीले जनाएको छ। ती कन्टेनर चालकलाई जनही रु एक हजारका दरले जरिवाना गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म समग्रमा रसुवा प्रवेश गर्ने सवारीसाधनमध्ये ४७३ कारबाहीमा परेका छन्। कारबाहीपर्नेमा  चीनको केरुङ जान र रसुवा घुम्न आएका सवारीसाधनमध्ये १५५ ट्रक, १८६ जिपकार, २७ बस, सात ट्याक्टर र ९८ मोटरसाइकल रहेका छन्।

गत छ महिनाको अवधिमा ट्राफिक प्रहरीले सवारीसाधन कारबाहीबाट सङ्कलन भएको जरिवाना रकम रू छ लाख ५४ हजार ५०० राजस्वमा दाखिला गरिसकेको जनाएको छ । यसै अवधिमा जिल्लामा ५५ सवारी दुर्घटना भएका छन्, भने ती दुर्घटनाबाट ५० जना घाइते भएको ट्राफिक प्रमुख नारायण खड्काले जानकारी दिए।

Skip This
Skip This
Logo