राना थारु समुदायको डोली–चन्डोल परम्परा हराउँदै

राना थारु समुदायको डोली–चन्डोल परम्परा हराउँदै

केन्द्रबिन्दु
24
Shares

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायको विवाह संस्कृतिमा प्रयोग हुँदै आएको ‘डोली’ र ‘चन्डोल’ परम्परा आधुनिक जीवनशैली, यातायात सुविधा र बदलिँदो सामाजिक सोचका कारण क्रमशः लोपोन्मुख बन्दै गएको छ।

विवाहमा दुलहाका लागि चन्डोल र दुलहीका लागि डोली प्रयोग गर्ने परम्परा सदियौँदेखि चलेको छ। डोली र चन्डोल बाँस र स्थानीय सामग्रीबाट निर्माण गरिन्छ र चारपाटी रङ्गीविरङ्गी कपडाले सजाइन्छ। पहिले हल्दी चलाउने, नुहाइधुवाइ गर्ने र दुलहा–दुलहीसँगै परिवारका सदस्य, आफन्तले पूजा गर्ने चलन रहँदै आएको थियो।

पहिला डोली–चन्डोल काँधमा बोकेर विवाहस्थलसम्म पु¥याइन्थ्यो। अहिले घरभन्दा बाहिर केही दूरीमा मात्र परम्परा जोगाइन्छ र बाँकी यात्रा बस वा कारमार्फत पूरा हुन्छ। आधुनिक फेसन र महँगा लुगाले परम्परागत पहिरन विस्थापित हुँदै गएको छ।

राना थारु समुदायका अगुवाहरुले आधुनिकतालाई अस्वीकार गर्न नसकिने भए पनि परम्परागत संस्कार र संस्कृति जोगाउन नयाँ पुस्तामा चेतना आवश्यक रहेको बताउँछन्। डोली–चन्डोल विवाह संस्कार मात्र नभई समुदायको सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानको प्रतीक भएकाले यसलाई संरक्षण गर्न समुदाय, स्थानीय तह र सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको छ।

Skip This
Skip This
Logo