जनकपुरधाम
जनकपुरमा दुई दिदी बहिनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् । जनकपुर उपमहानगरपालिका १४ स्थित रजौल बस्ने नरेन्द्र चौधरीका छोरी १६ वर्षिय अन्जली चौधरी र निजकी बहिनी १४ वर्षिय चाँदनी चौधरी आफनै घरको छुट्टा छुट्टै कोठाको सिलिङमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । "/>

जनकपुरमा दुई दिदी बहिनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला

जनकपुरमा दुई दिदी बहिनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम
जनकपुरमा दुई दिदी बहिनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् । जनकपुर उपमहानगरपालिका १४ स्थित रजौल बस्ने नरेन्द्र चौधरीका छोरी १६ वर्षिय अन्जली चौधरी र निजकी बहिनी १४ वर्षिय चाँदनी चौधरी आफनै घरको छुट्टा छुट्टै कोठाको सिलिङमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्युको कारण खुल्न सकेको छैन । धनुषा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको धनुषाका प्रहरी उपरीक्षक चक्रवहादुर सिंहले जनाएका छन । यसैगरी धनुषाको मिथिला नगरपालिका ७ ढल्केबर बस्ने हरि नारायण महतोकी श्रीमती ईन्दु देवी महत्तोले पनि विषादी सेवन गरी आत्महत्या गरेकी छिन् । विष सेवन गरी घाईते भएको अवस्थामा निजका आफन्तले उपचारको लागी जनकपुर तर्फ लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनाको पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
राजधानीबाट

Logo