मधेस प्रदेशमा रविदास जयन्तीमा सार्वजनिक बिदा

मधेस प्रदेशमा रविदास जयन्तीमा सार्वजनिक बिदा

केन्द्रबिन्दु
48
Shares

काठमाडौं। मधेस प्रदेश सरकारले माघ १८ गते (आइतबार) रविदास जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो निर्णय प्रदेशभित्र बसोबास गर्ने दलित र सीमान्तकृत समुदायको सम्मानमा गरिएको हो।

प्रदेश सरकारका प्रवक्ता राधेशंकरप्रसाद पालका अनुसार मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयअनुसार बिदा दिइने भएको हो।

यसले सांस्कृतिक पहिचानलाई मान्यता दिनुका साथै समुदायको विशेष अवसरमा उत्सव मनाउने सहजता पनि सुनिश्चित गरेको छ ।

Logo