बालेनले मात्रै प्रयोग गर्दै आएको महानगरको लिफ्ट अब सर्वसाधारणका लागि पनि खुला

बालेनले मात्रै प्रयोग गर्दै आएको महानगरको लिफ्ट अब सर्वसाधारणका लागि पनि खुला

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहले मात्रै प्रयोग गर्ने गरेको भनिएको भीआईपी लिफ्ट सेवाग्राहीका लागि पनि खुला गरिएको छ।

आइतबारबाट कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनमा उक्त लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको हो । सुन्धाराको जेडीए कम्प्लेक्समा रहेको महानगर कमलादीस्थित सो भवनमा सरेपछि उक्त लिफ्ट बनाइएको थियो। बालेनले आफ्नो पासवर्ड राखेर आफूले मात्रै प्रयोग गर्ने गरेका थिए। महानगरको कार्यालयको पार्किङ एरियामा रहेको उक्त लिफ्टको छेउछाउ पनि कोही पुग्न पाउँदैन थिए।

यस विषयमा बालेनले व्यक्तिगत प्रयोगका लागि बिना टेन्डर र प्रतिस्पर्धा करिब एक करोड रुपैयाँ लागतमा लिफ्ट जडान गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो ।

तर बालेन हाल मेयर पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा होमिएका छन् । रास्वपाका वरिष्ठ नेता बनेका बालेनले आगामी निर्वाचनमा झापा ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २०४८ सालदेखि चुनाव लड्दै आएको यो क्षेत्रमा योपटक बालेनले चुनौती दिन लागेका हुन् । उनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।

Logo