वीरगन्ज
पर पुरुषसँग प्रेम सम्बन्ध राखेकी एक महिलाले आफनो प्रेमलाई सकार पार्न आफनै श्रीमानको हत्या गर्ने प्रयास गरेको खुलासा भएको छ । वीरगन्जमा बुधबार राति गोली प्रहारबाट गम्भीर घाइते भएका पर्साको बिन्दवासिनी गाउँपालिका ३ झौवाटोल स्थायी घर भइ हाल वीरगन्जको रानीघाटमा बस्दै आएका ३५ वर्षीय उमेशप्रसाद चौरसियालाई उनकै श्रीमती प्रियंका चौरसीयाले आफ्नो प्रेमीसँग मिलेर गोली हान्न लगाएको तथ्य सार्वजनिक भएको हो।
१० वर्ष वैदेशीक रोजगारी गरेर स्वदेश फर्किएर धागोको व्यापार गर्दै आएका उमेश व्यापारको शिलशीलामा बुटवल गएर बुधबार राति घर फर्कने क्रममा उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट करिब एक सय मिटर पश्चिम रहेको भारतीय महावाणिज्य दूतावास पछाडिको सडकमा मोटरसाइकलमा सवार रहेका दुई युवकले गोली प्रहार गरेका थिए । उमेशको दाहिने कोखामा गोली लागेको छ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि बुधबार राति नै काठमाडौं लगिएको छ । चौरसीयाको काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
घाइते चौरसियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा अत्याधिक रक्तस्राव भएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको नारायणी उपक्षेत्रीय अस्पताल प्रशासनले जनाएको छ । गोली प्रहार गर्ने वीरगन्ज १२ मुर्लीका २५ वर्षीय मुन्ना साह, बाराको परवानीपुर गाँउपालिका १ का २७ वर्षीय मनोज गुप्ता, उमेशकी श्रीमती प्रियंका र प्रियंकाका प्रेमी बाराको परवानीपुर १ का २४ वर्षीय विकेन्द्र कुमार गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।































प्रतिक्रिया