काठमाडौँ। कोका–कोला र क्रिएसनको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसरमा ‘सफा गरौं’ पहल सुरु गरिएको छ । महाशिवरात्रि अघि ११ फेब्रुअरी २०२६ उद्घाटन गरिएको यस अभियानले दिगो वातावरण संरक्षण, फोहोर व्यवस्थापन र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिने उद्देश्य राखेको छ।

अभियान महाशिवरात्रिको पाँच दिन अघि र पाँच दिन पछि, लगातार १० दिन सञ्चालन हुनेछ । यसले मन्दिर परिसरमा फोहोर संकलन, सुरक्षित खानेपानीको पहुँच र पुनःप्रयोग गर्न सकिने अभ्यासलाई प्रवद्र्धन गर्नेछ। यसका लागि ५०० भन्दा बढी स्वयंसेवक, विद्यार्थी, युवा र सामाजिक कामदार मैदानमा सक्रिय हुनेछन्।
उद्घाटन समारोहमा बोल्दै कोका–कोला बोट्लर्स नेपालका प्रबन्ध निर्देशक अजयकोनाले भने, “बलियो रिसाइक्लिङ प्रणालीले स्थानीय स्तरमा आर्थिक अवसर सिर्जना गर्छ र जिम्मेवार उपभोग प्रवद्र्धन गर्छ। हामी यस पहलमार्फत दीगो वातावरणीय समाधान र समुदायको सशक्तिकरणमा योगदान पु-याइरहेका छौं।”

सलोनी गोयल, कोका–कोला इन्डिया एन्ड साउथ वेस्ट एसियाकी वरिष्ठ निर्देशकले बताइन्, “साझा जिम्मेवारीको भावना फैलाउँदै, हामी नेपालका ठूलो सांस्कृतिक कार्यक्रममा जिम्मेवार फोहोर व्यवस्थापनमा सहयोग गर्न पाउँदा गर्व महसुस गर्छौं। हाम्रो मुख्य उद्देश्य दीगो र विस्तारयोग्य समाधान सिर्जना गर्नु हो।”

पशुपतिक्षेत्र विकास कोषका सुभाषचन्द्र जोशीले पनि क्रिएसनसँगको सहकार्यले मन्दिर परिसरको सरसफाइ अभियानलाई बल पु-याएको बताए। क्रिएसनकी सुजाता कोइरालाले भनिन्, “यस पहलले युनेस्को विश्व सम्पदा सूचीकृत मन्दिर क्षेत्रलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाइराख्न सहयोग गर्नेछ।”





























प्रतिक्रिया