धवलागिरी–७ धारापानीमा आगलागी, घर पूर्णरूपमा नष्ट

धवलागिरी–७ धारापानीमा आगलागी, घर पूर्णरूपमा नष्ट

केन्द्रबिन्दु
12
Shares

म्याग्दी। धवलागिरी गाउँपालिका–७ धारापानी निवासी चन्द्रदत्त उपाध्यायको घरमा गएराति करिब १० बजे आगलागी हुँदा घर पूर्णरूपमा नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार आगलागीबाट घरमा रहेको सम्पूर्ण सामग्री जलेर क्षति भएको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घर पूर्णरूपमा नष्ट भएपछि पीडित परिवार अस्थायी बसोबासको समस्यामा परेको छ । स्थानीयवासी तथा शुभेच्छुकहरूले सहयोगको अपिल गरेका छन् ।

सहयोग गर्न इच्छुकले प्रभु बैंक धवलागिरी शाखा ताकमको खाता नम्बर १५३०१७७४३७३०००२१ मा आर्थिक सहयोग गरी मानवियता प्रदान गर्न पीडितले आग्रह गरेका छन् ।

Logo