काठमाडौं। नइ एकेडेमीले नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव मनाएको छ। कार्यक्रमका अवसरमा विजय मल्लका कृतिको संवद्र्धनमा योगदान पु¥याउने ४६ प्राज्ञ, साहित्यकार तथा नाट्य–चलचित्रकर्मीलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ र ‘पदक’ प्रदान गरिएको थियो।
नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँले समालोचक प्रा. डा. वासुदेव त्रिपाठीलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ प्रदान गरिन्। विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन तथा विद्यावारिधि अनुसन्धानमा संलग्न रहेकाले उनलाई पदक प्रदान गरिएको हो।
नेपाल र भारतका सात प्राज्ञलाई जनही २५ हजार रुपैयाँ राशिसहित ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिएको छ। पुरस्कृत हुनेमा डा. रमा शिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्रा. डा. कृष्णराज घतानी रहेका छन्।
विजय मल्लका कृतिमा आधारित नाट्यमञ्चन तथा चलचित्र निर्माणमा योगदान पु¥याएका ३८ जनालाई ‘विजय मल्ल नइ शताब्दी पदक’ प्रदान गरिएको छ। पदक प्राप्त गर्नेहरूमा अंशुमाला शाही, कृष्ण मल्ल, प्रा. केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहारी, प्रा. डा. दयाराम श्रेष्ठ, डा. दुर्गाबहादुर घर्तीमगर, प्रा. डा. देवीप्रसाद गौतम, प्रा. डा. देवीप्रसाद सुवेदी, नगीना जोशी, नगेन्द्र थापा, नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ, प्रा. डा. महादेव अवस्थी, मुरलीधर, मोतीशोभा श्रेष्ठ, रवीन्द्र खड्का, राधेश्याम प्रधान, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षेत्री, सुषमा शाही, सूर्यमाला शर्मा, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा. डा. हेमचन्द्र नेपाल रहेका छन्।
समारोहमा प्रा. डा. दयाराम श्रेष्ठ, प्रा. डा. कृष्णराज घतानी, चैत्यदेवी, मदनदास श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, हरिहर शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले विजय मल्लको साहित्यिक योगदानबारे चर्चा गरेका थिए।





























प्रतिक्रिया