थकाली समुदायमा ‘तोरनल्ह’ पर्वको रौनक

थकाली समुदायमा ‘तोरनल्ह’ पर्वको रौनक

केन्द्रबिन्दु
27
Shares

म्याग्दी। म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा तोरनल्ह ९फागुपूर्णिमा० पर्वको रौनक छाएको छ।

नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाको अवसरमा परम्परागत तोरनल्ह पर्व मनाउने गर्दछन्। फागुपूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष सुन्दरमान शेरचनले बताउनुभयो।

“तीन दिन सबैले उठेर निष्ठापूर्वक पित्रीलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ। आफन्तलाई बोलाएर मिठा परिकार खुवाउने र आर्चरी ९तारो हान्ने० खेल्ने चलन छ,” उहाँले बताउनुभयो।

मुस्ताङको थासाङ गाउँपालिकालाई थकाली समुदायको उद्गमस्थल मानिन्छ। घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ। म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा पनि थकाली बसोबास छ। तोरनल्ह पर्वमा घरबाहिर र विदेशमा रहेका थकाली आफ्नो जन्मथलो फर्किएका छन्। यस अवसरमा थकाली समुदायले घर सिगारपटार गरेर पर्व मनाउँछन्।

तोरनल्हको अवसरमा पुरुषले परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् भने महिला मौलिक वेषभूषामा सजिएर नाचगान, गोटा खेल्ने र शुभकामना साटासाट गर्दै पर्व मनाउँछन्। थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा बेनीमा आइतबारदेखि तारो हान्ने प्रतियोगिता सुरु भएको छ। यस वर्ष निर्वाचनको समयमा आचारसंहिताको पालना गर्दै थकाली समुदायका सदस्य मात्र भेला भएर पर्व मनाउने व्यवस्था गरिएको छ।

Logo