सुर्खेतमा खाना पकाउने कृत्रिम अभाव

सुर्खेतमा खाना पकाउने कृत्रिम अभाव

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ ।  सुर्खेतमा खाना पकाउने एलपी ग्याँसको कृत्रिम अभाव देखाउन थालिएको छ । ग्याँसको स्थानीय डिलर र अन्य ग्याँस पाइने पसलहरुआजभोली बिहानैबाट उपभोक्ताको भीड लाग्ने गरेको छ । 

पछिल्लो समय पश्चिम एसियामा बढेको तनावले गर्दा ग्याँस अभाव हुन थालेपछि स्थानीयले धमाधम ग्याँस भर्न थालेका छन् । इरान र इजरायल युद्धमा धकेलिएपछि इन्धनको अभाव हुनसक्ने भन्दै सरकारले आपूर्तिलाई सहज बनाउन आधा भरिएको सिलिण्डर बिक्री गर्न सुरु गरेको थियो । त्यसै कारणले सुर्खेतका उपभोक्ताले पनि ग्याँसका लागि डिलर तथा पसलमा भर्नेको भीड लागेको हो । 

ग्याँस तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरे कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतले चेतावनी दिएको छ ।

Logo