काठमाडौँ । १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र दोषीको कानुनी कारबाहीको माग गर्दै डडेलधुरामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
सोमबार डडेलधुरा क्याम्पसका विद्यार्थीहरूले बजार घुमाउँदै दोषीलाई कडा सजाय दिनुपर्ने र प्रकरणमा पूर्ण न्याय सुनिश्चित गर्नुपर्ने नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
डडेलधुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आयोजनामा गरिएको उक्त परिक्रमा क्याम्पसबाट सुरु भई जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो। सहभागीहरूले दोषीलाई फाँसीको सजाय दिनुपर्ने र घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका थिए।





























प्रतिक्रिया