काठमाडौं । पछिल्लो २४ घण्टामा प्राकृतिक विपदबाट चार जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ७३ वटा विपद्का घटना भएकामा ४ जनाको ज्यान गएको हो । यो अवधिमा हावाहुरीबाट दुई जना, चट्याङबाट एक जना र सर्पदंशबाट एक जनाको ज्यान गएको छ ।
सोमबार साँझको हावाहुरीले उदयपुरको कटारी नगरपालिका -८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको थियो । यस्तै, उदयपुरमै रुख ढल्दा ५ जना घाइते भएका छन् ।
विपद्का कारण २ करोड ४१ लाख ६ हजार ९ सय रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ ।





























प्रतिक्रिया