
काठमाडौँ । काठमाडौँबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको बालाबेंसीमा दुर्घटनामा परेको छ । अवतरण गर्ने क्रममा असन्तुलित भई हेलिकप्टर पल्टिएको भिडियोमा देख्न सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः ०० बजे उडेको उक्त हेलिकप्टर दिउँसो ११ः ५१ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेको ‘९ एन–एएफक्यू’ कलसाइन भएको उक्त हेलिकप्टरमा सवार सबै जना सुरक्षित रहेका छन् । हेलिकप्टरमा १ जना पाइलट र ५ जना यात्रु गरी जम्मा ६ जना सवार थिए । दुर्घटनामा एक यात्रु काटीबहादु राई घाइते भएका छन् भने अन्य यात्रु तथा चालक दलका सदस्यहरू सकुशल रहेको कम्पनीले जनाएको छ। हेलिकोप्टरका पाइलट सबिन थापा सकुशल रहेको पनि जानकारी दिइएको छ।
घटनास्थलमा रहेका यात्रु तथा चालक दलको उद्धारका लागि काठमाडौँबाट अर्को हेलिकप्टर खोटाङतर्फ प्रस्थान गरिसकेको डाइनेस्टीका प्रबन्धक बालकृष्ण पण्डितले जानकारी दिएका छन् ।





























प्रतिक्रिया