काठमाडौंमा घोडेजात्रा पर्व मनाइयो

काठमाडौंमा घोडेजात्रा पर्व मनाइयो

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । काठमाडौंमा घोडेजात्रा पर्व मनाइएको छ ।

रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा एक विशेष समारोहका बीच जात्रा सम्पन्न भएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायतका उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको थियो । काठमाडौं उपत्यकामा चैत्र कृष्ण औँशीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व मनाउने गरिन्छ । 

यसै अवसर पारेर सरकारले बुधवार (आज) काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिएको थियो ।

Logo