हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । संखुवासभाको दुर्गम क्षेत्रमा ज्यान जोखिममा रहेको एक सुत्केरी महिलाको बुधबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

मकालु गाउँपालिका-१ की २८ वर्षीया सरू राईको अवस्था अचानक गम्भीर बनेपछि हवाई उद्धार गरिएको हो।

बुधबार बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा शल्यक्रियामार्फत प्रसूति सेवा दिइएकी राईको स्वास्थ्य अवस्था उपचारकै क्रममा बिहान १० बजेदेखि एक्कासी बिग्रिएको अस्पतालले जनाएको छ।

अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था झनै नाजुक बन्दै गएको थियो।

Logo