कैलालीमा एक युवकद्धारा श्रीमतीको हत्या, आँफैमाथि गोली प्रहार

कैलालीमा एक युवकद्धारा श्रीमतीको हत्या, आँफैमाथि गोली प्रहार

केन्द्रबिन्दु
33
Shares

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ अमलेशैनीमा एक दम्पतीबीचको विवादले हिंसात्मक रूप लिँदा ज्यान जाने घटना भएको छ ।

प्रहरीका अनुसार ३१ वर्षीय रामबहादुर मगरले जङ्गलमा बाख्रा चराउन गएका बेला आफ्नी २८ वर्षीया श्रीमती संजिता मगरमाथि गोली चलाएका हुन् । घटनास्थलमै श्रीमतीको मृत्यु भएको छ ।

प्रारम्भिक अनुसन्धानले घरायसी विवादकै कारण घटना भएको संकेत गरेको छ । प्रयोग गरिएको हतियार भरुवा बन्दुक रहेको जनाइएको छ ।

घटनापछि मगरले आफूमाथि पनि गोली चलाएका थिए । गम्भीर घाइते अवस्थामा उनलाई सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनी अझै होसमा नआएकाले घटनाको विस्तृत कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ भने शवको आवश्यक प्रक्रिया अघि बढाइँदै छ ।

Skip This
Skip This
Logo