काठमाडौँ । नवलपुरको मध्यविन्दु नगरपालिका– ५ स्थित न्यु हरियाली सामुदायिक वनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
आज दिउँसो करिब १२ बजेतिर दाउरा खोज्न वनमा गएको समयमा ३७ वर्षीया मायाथापा क्षेत्रीलाई अचानक बाघले आक्रमण गरेको हो।
प्युठानको गौमुखी घर भई हाल मध्यविन्दु– ५, भोटीखोला बस्दै आएकी क्षेत्रीको निधारमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते क्षेत्रीको अहिले डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।





























प्रतिक्रिया