मकवानपुरकाे एक कपडा पसलमा आगलागी, पाँच लाख बढीकाे क्षति

मकवानपुरकाे एक कपडा पसलमा आगलागी, पाँच लाख बढीकाे क्षति

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । मकवानपुरको थाहा नगरपालिका–६काे बज्रबाराही बजारमा बिजुलीको तार सर्ट हुँदा आगलागी भएको छ।

साेही आगलागीमा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएकाे हाे। आइतबार राति भएको आगलागीका कारण बज्रबाराही लिलाखेलका सूर्यबहादुर बलामीको कपडा सिलाउने पसलमा ठूलो क्षति पुगेको छ।

आगोले पसलभित्र रहेका कपडा र सिलाउने मेसिन जलेर नष्ट भएकाे बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे हाे ।

आगो स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो। घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बज्रबाराहीबाट प्रहरी सहायक हवल्दार मानबहादुर रुम्बा नेतृत्वमा तीन जनाको टोली खटिएको थियो।

आगलागीमा मानवीय तथा चौपाया कुनै क्षति नभएको प्रहरीले बताएको छ।

Skip This
Skip This
Logo