राइड सेयरिङमा कडाइ: १७५ चालक कारबाहीमा, ठगीमा संलग्न ५ पक्राउ

राइड सेयरिङमा कडाइ: १७५ चालक कारबाहीमा, ठगीमा संलग्न ५ पक्राउ

केन्द्रबिन्दु
18
Shares

काठमाडौ। उपत्यकामा ट्राफिक प्रहरीले कडाइ बढाउँदै ‘राइड सेयरिङ’ सेवामा संलग्न १७५ चालकलाई कारबाही गरेको छ। विशेष चेकिङका क्रममा अनुमति बिना सेवा सञ्चालन, कागजात अभाव र ट्राफिक नियम उल्लङ्घन गर्नेहरू समातिएका हुन्।

प्रहरीका अनुसार अनधिकृत रूपमा अफलाइन सेवा चलाउने, जथाभावी यात्रु चढाउने–झार्ने र कमजोर अवस्थाका सवारी प्रयोग गर्ने प्रवृत्ति बढेपछि निगरानी कडा पारिएको हो। यस्ता गतिविधिले ट्राफिक जाम र दुर्घटनाको जोखिम बढाएको भन्दै आगामी दिनमा पनि अभियान जारी रहने चेतावनी दिइएको छ।

यता, वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पाँच जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले विभिन्न देश पठाउने भन्दै लाखौँ रुपैयाँ असुलेको खुलेको छ। पक्राउ परेकालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

ट्राफिक अनुशासन र नागरिक सुरक्षामा कडाइसँगै ठगी नियन्त्रणमा पनि प्रहरी आक्रामक रूपमा उत्रिएको देखिएको छ।

Skip This
Skip This
Logo