रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु

रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुपन्देही ।

कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए। मधुमेह रोगबाट ग्रसित उनीको यही कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना भएकी थिइन् ।

एक सातासम्म अस्पतालको सघग उपचार कक्षमा राखेर उनीको उपचार भइरहेको थियो । रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ ।

Skip This
Skip This
Logo