छुसाङ र तेताङ गाउँबीचको विवाद मेलमिलापमार्फत समाधान

छुसाङ र तेताङ गाउँबीचको विवाद मेलमिलापमार्फत समाधान

केन्द्रबिन्दु
15
Shares

मुस्ताङ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित छुसाङ र तेताङ गाउँबीच लामो समयदेखि चल्दै आएको प्राकृतिक स्रोत र चरिचरनसम्बन्धी विवाद मेलमिलापमार्फत समाधान भएको छ ।

गाउँपालिकाको न्यायिक समिति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रोहवरमा दुवै पक्षबीच पाँचबुँदे सहमति भएपछि विवाद टुंगिएको हो ।

विवादका कारण दुई गाउँबीच आपसी अविश्वास र निषेधको अवस्था सिर्जना भएको थियो । तर स्थानीय तह र सरोकारवालाको मध्यस्थतामा भएको छलफलपछि सहमति कायम भएको हो ।

सहमतिअनुसार वन क्षेत्र, चरिचरन र प्राकृतिक स्रोतको उपभोगबारे स्पष्ट व्यवस्था गरिएको छ । जिम्बु सङ्कलन, गिट्टी–बालुवाको उपयोग तथा विकास निर्माणका काममा दुवै गाउँले समान पहुँच पाउने व्यवस्था गरिएको छ ।

यसअघि उपभोग हुँदै आएको अभ्यासलाई निरन्तरता दिँदै भविष्यमा कुनै विवाद उत्पन्न भए कानुनी प्रक्रिया अनुसार समाधान गर्ने सहमति पनि गरिएको छ ।

सहमति भएपछि दुई गाउँबीचको सम्बन्ध सामान्य बनेको र स्थानीयले राहत महसुस गरेको जनाइएको छ ।

Logo