दोधारा चाँदनी। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ नम्बर वडा कार्यालयमा गरिएको तालाबन्दी आठ दिनपछि खुलेको छ।
स्थानीयले सडक निर्माण, ढल निकास र खानेपानीलगायतका माग राख्दै गत साता कार्यालयमा ताला लगाएका थिए। बुधबार वडा कार्यालय र स्थानीयबीच माग सम्बोधन गर्ने सहमति भएपछि तालाबन्दी खुलेको हो।
तालाबन्दीका कारण एक सातासम्म सिफारिस, प्रमाणपत्र, जन्मदर्ताजस्ता सेवा बन्द हुँदा सेवाग्राही प्रभावित भएका थिए।
नगरपालिकाले स्थानीयका मागअनुसार सडक निर्माण प्रक्रिया अघि बढाइसकेको जनाएको छ। साथै अन्य आवश्यक योजना पनि क्रमशः कार्यान्वयन गर्ने तयारी गरिएको छ।





























प्रतिक्रिया